एमाओवादी सा‌ंसद गोलीसहित पक्राउ, ५ दिन थुनामा राख्न आदेश

<span class='c1'>एमाओवादी सा‌ंसद गोलीसहित पक्राउ, ५</span> <span class='c2'>दिन थुनामा राख्न आदेश</span>

काठमाडौं चैत्र १

एमाओवादीका विवादस्पद सांसद लारक्याल लामा गोली सहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामामाथि अकुत सम्पत्ति आर्जनको अभियोगमा अनुसन्धानका क्रममा अाइतबार लामाको बै‌ंक लकरमा १४ थान गोली फेला पारेपछि पक्राउ गरिएको हो। चाइनिज पेस्तोलमा लाग्ने खालको गोली रहेको प्रहरी स्रोतले जनाएको छ। छानवीनकै क्रममा आइतबार अख्तियारको टोलीले लामालाई दरबारमार्गिस्थित इन्भेष्टमेन्ट बैंक पुर्‍याएको थियो। बैंकको लकर अख्तियारलाई देखाउने क्रममा बन्दूकका गोली फेला परेका हुन्।लकरमा गोली फेला परेपछि अख्तियारको टोलीले सँगै रहेका लामालाई दरबारमार्ग प्रहरीमा जिम्मा लगाएको छ। एमाओवादी संसद लामालाई ५ दिन थुनामा राख्न आदेश गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्