बुधनगर गाविसका अधिकांश महिलाहरु स्वरोजगार बन्दै

<span class='c1'>बुधनगर गाविसका अधिकांश</span> <span class='c2'>महिलाहरु स्वरोजगार बन्दै</span>

बिनु तिम्सिना

मोरङको दक्षिणी भेगमा पर्ने बुधनगर गाविसका अधिकांश महिलाहरु अर्काकोमा गएर ज्याला मजदुरी गर्दछन् । तर बुधनगरकै मञ्जुदेवि दास भने गाँउमै उदाहरण बनेकि छन् । अर्काको खेतमा मजदुरी गर्नुभन्दा आफैंले सानो भएपनि व्यवसाय सुरु गरेर मञ्जुदेवीले राम्रो आम्दानी लिन थालेकी छन् ।
केहि वर्ष अघिसम्म अर्काको खेतमा ज्याला मजदुरी गर्ने मोरङ बुधनगरकी मञ्जुदेवि दासको दिनचर्या हिजो आज फेरीएको छ । घरखर्च टार्नका लागि अर्काको खेतमा मजदुरी गर्ने मञ्जु अहिले आफैले व्यवसाय संचालन गरेर आम्दानि गरिरहेकी छन् । सिलाइ कटाइ सिकेर उनले अहिले आफ्नै घरमा व्यवसाय सुरु गरकी छन् । आफ्ना सामान्य आवश्यकता पुरा गर्न पनि श्रीमानसँग पैसा माग्ने उनि अहिले आफैं पैसा कमाउँछिन् । आफ्नो कमाइले आफ्नो आवश्यकता मात्रै होइन मञ्जुदेवी दुई छोराहरुकोसमेत आवश्यकता पुरा गर्ने गरेको बताउँछिन् ।

मञ्जुदेवी आफ्नै कमाइले आफ्ना छोराहरुलाई कपि, कलम र खाजा खर्च समेत जुटाउँछिन् । श्रीमानसँग पैसा माग्नुको सट्टा अब घर खर्च टार्न श्रीमानलाई सघाउन पाउँदा घरझगडा पनि अन्त्य भएको उनको भनाइ छ । उनका श्रीमान नन्दलाल दास पनि श्रीमतीले पैसा कमाएको देखेर दंग छन् ।

सँधै पैसा मागेर हैरान बनाउने श्रीमतीले घर खर्चमा सघाउन थालेपछि नन्दलाल निकै खुसि भएका छन् । एक्लैले ६ जनाको परिवार पाल्न हम्मे–हम्मे पथ्र्याे, तर श्रीमतीले पनि कमाउन थालेपछि भने अहिले सहज भएको उनको भनाइ छ । भारतसँग सिमा जोडिएको यो गाविसमा निम्न वर्गका मधेशी, दलित समुदायको बसोबास छ । यहाँका महिलाहरुको जीवनस्तर सुधार्न र स्वरोजगार बनाउने उद्देश्यले ओबिसी पिछडा वर्गले सिलाइ कटाइ तालिम दिइरहेको छ ।

सोही तालिम लिएर मञ्जुदेवी अहिले आफ्नै श्रममा आफु र परिवार पाल्ने भएकी छन् । पुरुष सरह समान काम गरेपनि ज्यालामा सँधै ठगिने यहाँका महिलाहरुका लागि मञ्जु उदाहरणीय पात्र बनेकि छन् । दिनभरी अर्काको खेतमा पुरुषसरह मजदुरी गर्दा ज्यालामा ठगिइरहेकी मञ्जुदेवीले अहिले आफ्नै श्रम र शीपमा सिलाइ–कटाइ व्यवसाय सञ्चालन गरेर राम्रो आम्दानी लिन थालेपछि गाउँका अन्य महिलाहरु पनि सिलाइ–कटाइतर्फ अकर्षित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्