बिराटनगरबाट चोरी गर्ने गिरोहका पाँच जना रंगेहात पक्राउ

<span class='c1'>बिराटनगरबाट चोरी गर्ने गिरोहका</span> <span class='c2'>पाँच जना रंगेहात पक्राउ</span>

मोरङ,चैत्र १ गते।

प्रहरीले आईतबार राती चोरी गर्ने गिरोहका पाँच जनालाई बिराटनगरबाट रंगेहात पक्राउ गरेको छ।

जिल्ला मोरङ बिराटनगर ५ मा रहेको धिताल आयल ट्रेड पम्पमा राती साढे ११ बजे ना ४ ख ४१४२ नम्बरको ट्याङकर माथिको पाँच वटा ढकन खोलेर पम्पको नोजलबाट २० हजार लिटर डिजल भर्दै गरेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोहि ट्याङकरका चालक सुनसरी सिंगिया २ बस्ने २४ बर्षिय जोगेन्द्र उराव सह-चालक प्रकाशपुर ६ बस्ने २५ बर्षिय भिम बहादुर माझी सहित बकलौरी ३ बस्ने ४२ बर्षिय सिताराम चौधरी,मोरङ बिराटनगर ५ बस्ने ३५ बर्षिय रमेश अधिकारी र सोहि पम्पमा काम गर्ने ३२ बर्षिय बजारु चौधरी रहेका छन्।

उनिहरुले कोहि नभएको मौका छोपेर पम्पको सबै बतिहरु निभाइ चोरी गर्दै गरेको अबस्थामा प्रहरी चौकी बरगाछिको टोलीले रंगेहात पक्राउ गरी ट्याङकर सहित नियन्त्रमा लिईएको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट गएको टोलीले घट्नास्थलको आवश्यक कानुनि प्रकृया पुरा गरी
पक्राउ परेका व्यक्तिहरुलाई आवाश्यक अनुसन्धानको लागी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्