वडा नम्बर १७ को कार्यलयमा आज देखी तालाबन्धी

<span class='c1'>वडा नम्बर १७ को</span> <span class='c2'>कार्यलयमा आज देखी तालाबन्धी</span>

प्रेम देवान
विराटनगर १ चैत्र ।
विराटनगर १७ रानी स्थित श्रीबाल माध्यमिक विद्यालयको परीसरमा रहेको विद्यालयको जग्गामा वस्दै आएको वाड समितिको कार्यलयमा आज देखी ताला बन्दी गरिएको छ ।
विद्यालयमा रहेको करिब एक कट्ठा पन्ध्रधुर जग्गा र त्यसमा बनेको भवनमा विद्यालयको अनुमति बिना वडा कार्यलय संचालन गरेको भन्दै विद्यालय र व्यावस्थापन समितिका पदाधीकारी, शिक्षक, विद्यार्थीहरुको अगुवाईमा आज देखी ताला बन्दी गरीएको हो । विद्यालयलाई सो भवनमा विद्यार्थीहरु राख्नु पर्ने भएको र अति आवश्यक परेको भन्दै २०६३ साल देखी नै वडा कार्यलय हटाउन पटक पटक अनुरोध गरे पनि नगरपालीकाले कुनै वस्ता नगरेपछी वाध्य भएर ताला लगाउनु परेको विद्यालयका प्रधानाध्यापक गोविन्द प्रसाद गजुरलेले बताउनुभयो ।
विद्यालय र व्यावस्थापन समिति बिच गत फागुन २८ गते अन्तिम पटक बसेको निर्णयले जग्गा फिर्ता नगरेको भन्दै आज देखी सम्पुर्ण काम ठप्प हुने गरी ताला बन्दी गरिएको विद्यालय व्याबस्थापन समितिका अध्यक्ष योगेन्द्र महतोले जानकारी दिनुभयो। हाल सो विद्यालयमा कक्षा नर्सरी देखी कक्षा १० सम्म ८०० विद्यार्थी अध्ययन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्