अपांग भएकालाई विराटनगरमा अभिमुखिकरण सुरु

अपांग भएकालाई विराटनगरमा अभिमुखिकरण सुरु

बिराटनगर १ चैत्र । राष्ट्रिय अपांग महासंग मोरङ जिल्ला समितिको आयोजनामा आज देखि विराटनगरमा दुइ दिने अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । राज्यले प्रदान गरेको सेवा सुविधा र अधिकारहरु कसरी प्राप्त गर्ने भन्ने विषयमा जिल्लाका विभिन्न गाविसका अपांगता अगुवाहरुलाइ जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको समितिका अध्यक्ष विमल बस्नेतले बताउनुभयो । अभिमुखिकरणमा जिल्लाका विभिन्न गाविसमा अपांगताको क्षेत्रमा काम गर्ने ४५ जना अगुवाहरुको सभागिता रहेको छ । कार्यक्रममा अपांगताको प्रवृति अनुसार के के सुविधा राज्यले प्रदान गरेको छ र त्यसलाइ कसरी प्राप्त गर्न सकिन्छ भन्ने विषयमा उनिहरुलाइ जानकारी गराइने आयोजकले जनाएको छ । अभिमुखिकरणको सहजिकरण राष्ट्रिय अपांग महासंग मोरङ जिल्ला समितिका अध्यक्ष विमल बस्नेत, पुर्वाञ्चल क्षेत्रीय संयोजक रामबहादुर कार्की, विल्ला विकास समिति मोरङका सामाजिक शाखा प्रमुख लक्ष्मी धिमाल लगायले सहजिकरण गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्