नेपाल प्रहरीमा भर्ना हुन पुर्वाञ्चलका १६ जिल्लाबाट पाँच हजार आवेदन

<span class='c1'>नेपाल प्रहरीमा भर्ना हुन पुर्वाञ्चलका</span> <span class='c2'>१६ जिल्लाबाट पाँच हजार आवेदन</span>

नेपाल प्रहरीको प्रहरी जवान पदमा भर्ना हुन पूर्वाञ्चलको १६ जिल्लाबाट पाँच हजार सात सय जनाले आवेदन दिएका छन् । पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनौट शाखाका प्रहरी निरीक्षक देवी प्रसाद बरालले जनाए अनुसार कुल चार हजार सात सय तिन पुरुष र नौ सय सन्तानब्बे महिलाले प्रहरीमा भर्ना हुन आवेदन दिएका हुन्। गत माघ २४ देखि फागुन ३० गतेसम्म अधिराज्य भरि कुल ५ हजार ४ सय ४४ जनाको लागी दरखास्त आव्हान गरिएको दिइएको थियो। भर्ना खुलेसँगै आवेदन बुझाउनकालागि पूर्वाञ्चल बिकास क्षेत्रको १६ वटै जिल्ला प्रहरी कार्यालयहरू तथा क्षेत्रीय तालिम केन्द्र बिराटनगरमा स्थान तोकिएको थियो।

सबैभन्दा बढी पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र रानीमा आवेदन परेको छ। प्रहरी निरीक्षक बरालका अनुसार तालिम केन्द्रमा एक हजार नौ सय चालिस जनाले भर्नाकालागि आवेदन दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्