बिराटनगरले भारतीय क्लबलाई क्रिकेटमा हरायो

बिराटनगरले भारतीय क्लबलाई क्रिकेटमा हरायो

बिराटनगर चैत २ , मोरङको रंगेलीमा जारी स्व. सुकदेव शर्मा स्मृति मञ्चको आयोजनामा चलिरहेको वीर सहिद नकआउट टि २० क्रिकेट अन्तर्गत सोमबार सम्पन्न खेलमा बिराटनगरले भारतको कुर्साकट्टा क्रिकेट क्लबलाई ३० रनले हराएको छ । बिराटनगरले पहिलो व्याटिङ गर्दै १७ ओभर ४ बल खेलेर अलआउट हुदै मात्र ७३ रन बनाउन सफल भएको थियो । कमजोर व्याटिङ गरेको बिराटनगरका लागि सुरज कुर्मी र प्रशान्त झाले समान १०/१० रन बनाएका थिए । बिराटनगरको जितमा अजय राजबंसीले धारिलो बलिङ गर्दै ५ विकेट लिएपछि जित हासिल गरेको थियो ।कुर्साकुट्टा ८.१ बलमा सबै विकेट गुमाइ ४३ रन मात्रै बनाउन सफल भएको थियो । खेलको म्यान अफ दि म्याच बिराटनगरका अजय राजवंशी घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्