रंगेलीका ट्क्सी मजदुरद्धारा सहायक सिडीओ लाई ज्ञापनपत्र

<span class='c1'>रंगेलीका ट्क्सी मजदुरद्धारा सहायक</span> <span class='c2'>सिडीओ लाई ज्ञापनपत्र</span>

 

प्रेम देवान

विराटनगर २ चैत्र । मोरङ्गको पुरानो सदरमुकाम रंगेलीमा भारतीय नम्बर प्लेटका गाडीहरु नियन्त्रण गर्न माग गर्दे रंगेली इकाइ स्वतन्त्र मजदुर संगठनले जिल्ला प्रशासन कार्यालय मोरङमा ज्ञापन पत्र बुझाएक छन् ।

५० वटा मारुती भ्यान सहित दक्षिणपुर्वी मोरङको ग्रामीण क्षेत्रबाट विराटनगर आएरका उनीहरुले मोरङका सहायक प्रमुख जिल्ला अधिकारी देवी बहादुर भण्डारीलाई ज्ञापन पत्र बुझाएका हुन ।

रंगेली इकाइ स्वतन्त्र मजदुर संगठनले गैरकानुनी रुपमा भारतीय नम्बर प्लेटका गाडीहरु भन्सार नकाटी खुल्ला नाकाको फाइदा उठाउदै गैरकानुनी रुपमा भारतीय नम्बर प्लेटका गाडीहरु नेपाल प्रवेश गरी खुल्ला रुपमा व्यावसाय संचालन गरेकाले तत्काल नियन्त्रण गर्न उनीहरुले माग गरेका छन् ।

ज्ञापन पत्र बुझदै मोरङका सहायक प्रमुख जिल्ला अधिकारी देवी बहादुर भण्डारीले भारतीय नम्बर प्लेटका गाडीहरुलाई नियन्त्रण गर्न लागि बैठक बसी त्यसको तत्काल समाधान खोजीने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्