पुर्वमा अपराधलाई एक बर्ष भित्र ५० प्रतिशत झार्छु : डिआईजी केशरी

<span class='c1'>पुर्वमा अपराधलाई एक बर्ष भित्र ५०</span> <span class='c2'>प्रतिशत झार्छु : डिआईजी केशरी</span>

प्रेम देवान
विराटनगर ३ फागुन । पुर्व क्षेत्रीय प्रहरी कार्यालय रानी बिराटनगरमा एक महिना अगाडी आउनुभएका डिआइजी केशरी राज घिमिरेले अपराधलाई एक बर्षमा ५० प्रतिशतमा ल्याउने तयारी भईरहेको बताउनुभयो ।
मंगलबार सांझ क्षेत्रीय प्रहरी कार्यालय बिराटनगरमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै डिआईजी घिमिरेले अपराध गरेर फरार रहेका १सय ५३ जना लाई पक्राउ गर्ने सफल भएको बताउनुभयो । पुर्वाञ्चलमा हाल १७ हजार चार सय ५१ वटा अदालतमा सजाय भएका अपराधी हरु फरार रहेको समेत बताउनु भयो ।
उहाँले पहाडी क्षेत्रका समस्या, शसस्त्र समुहको समस्या , तस्करीको ठुलो चुनौती रहेको बताउनु भयो । तर त्यसको लागी प्रहरी सक्ष्म तरीकाले लागी परेको जानकारी दिनुभयो ।
सप्तरी र सिराहामा प्रहरी मर्ज भएका कारण स्थानिय बासिन्दा हरु प्रहरी सेवा लिन जिल्ला नै धाउनु पर्ने बाध्यता रहेको बताउँदै आगामि ३ महिना भित्र प्रहरी बिट खडा गर्ने योजना रहेको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्