नियमककारी निकाय प्रभावकारी रुपमा काम गर्न सकेनन्

नियमककारी निकाय प्रभावकारी रुपमा काम गर्न सकेनन्

विराटनगर ३ चैत्र । नियमककारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको विराटनगरमा मंगलबार भएको विश्व उपभोक्ता दिवश २०१६ का सहभागीहरुले बताएका छन् ।
वाणिज्य कार्यालय विराटनगरको आयोजनामा भएको कार्यक्रममा बोल्दै स्थानीय केदार कार्की नियमककारी निकायहरुले प्रभावकारी रुपमा काम गर्न नसकेको बताउनु भयो । कार्यक्रममा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले सम्बन्धीत निकायहरुलाई आफूले चैत भित्र गर्ने कामको योजना बनाएर ३ दिन भित्र जिल्ला प्रशासन कार्यालय मोरङमा पेश गर्न निर्देशन दिनुभयो । उहाले अनुगमनका लागि सुरक्षा दिन आफू तयार रहेको जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा बोल्दै उपभोक्तावादी संस्थाका रामकृष्ण विष्ट, मोहन भट्टराई,उत्तम ढुंगेल लगायतले प्रत्येक जिल्लामा उपभोक्ता अदालत गठन हुनुपर्नेमा जोड दिनुभयो । यस्तै उनीहरुले उपभोक्ता ऐनलाई कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुपर्ने बताएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्