बैंकका सुरक्षागार्डको हत्यामा संलग्न फरार सार्वजनिक

बैंकका सुरक्षागार्डको हत्यामा संलग्न फरार सार्वजनिक

विराटनगर ३ चैत्र ।
उदयपुर जिल्लास्थित सनराईज बैंकका सुरक्षागार्डको हत्यामा संलग्न भई फरार रहेका तिन जनालाई क्षेत्रीय अनुसन्धान समुहको सकृयतामा पक्राउ गरी हिजो सार्वजनिक गरिएको छ। पक्राउ पर्नेमा झापा चकचकी घर भई उदयपुर त्रियुगा नगरपालिका ११ स्थित जलजले बस्ने ४० वर्षिय टिका प्रसाद आचार्य, त्रियुगा नगरपालिका १० देउरी बस्ने ३७ वर्षिय अरविन्द बोगटी र सोही ठाउँ बस्ने ३३ वर्षिय बब्लु भन्ने प्रेम दोर्ज शेर्पा रहेका छन् । उनीहरुलाई क्षेत्रीय अनुसन्धान समुह र जिल्ला प्रहरी कार्यालय उदयपुरको टोलीले पक्राउ गरी आज जिल्ला प्रहरी कार्यालय उदयपुरमा सार्वजनिक गरेएको हो। पक्राउ परेका अभियुक्तहरुले २०७१ साल माघ १९ गते राती त्रियीगा नगरपालिका ११ जलजले स्थित सनराईज बैङकमा लुटपाट गर्ने उद्देश्यले बैङका सुरक्षार्थ खटिएका सोही नगरपालिका ८ बगाहा बस्ने ५१ वर्षिय खेम बहादुर बाँनियाको घाँटि रेटेर हत्या गरेका थिए। हत्या पश्चात सुरक्षागार्डको शव शौचालयमा थुनिएको अवस्थामा फेला परेको थियो।
सो समुहले बैङकमा लुटपाट गर्ने उद्देश्यले गार्डको हत्या गरेको भएतापनि सेफ तोड्न नसकेका कारण लुटपाटको प्रयास असफल भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्