वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्टमा लाहान बिजयी

वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्टमा लाहान बिजयी

बिराटनगर चैत्र ३

मोरंङको रंगेलीमा जारी वीर शहिद नकआउट टि–२० क्रिकेट टुर्नामेन्ट अन्र्तगत मंगलबार सम्पन्न खेलमा लाहान एभरेष्ट कलेज, सिराह विजय भएको छ । त्रिवेणी युथ क्लब डाम्राभिट्टा, मोरङ लाई ५ विकेटले हराउदै लाहान विजय भएको हो ।
जागरुक युवा मञ्चको आयोजनामा पव्लिक उच्च माविको खेल मैदानमा भई रहेको सो प्रतियोगितामा टस जितेर व्याटिङ रोजेको डाम्राभिट्टामले निर्धारित २० ओरभको खेलमा १८ ओभर ३ बलमा अलआउट हुदै ८२ रनको योगफल तयार पारेको थियो । डाम्राभिट्टाका लागी सुनम लिम्बुले २८ रन, सुदिप कार्कीले १४ र दिपेश सुवेदीले १० रनको योगदान गरे । लाहानका लागी गोपाल सिंह सुमित चन्द देव, सन्तोष अधिकारी र अजुन भुजेलले २÷२ विकेट लिन सफल भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्