बिराटनगरका पुराना डिभाईडरमा रङ लगाउन शुरु

बिराटनगरका पुराना डिभाईडरमा रङ लगाउन शुरु

विराटनगर क्षेत्रको राजमार्गमा राखिएका डिभाइडहरुको रंग खुइलिएर रातिको समयमा सवारी चालकहरुले नदेख्दा दुर्घटनाको सम्भावना बढेपछि सडक विभागले आजबाट डिभाइडर रंगाउन सुरु गरेको छ ।

सवारी साधनहरुलाई व्यवस्थित गर्न नगरक्षेत्रको जनआन्दोलन चोकदेखि बरगाछीचोकसम्म राखिएका डिभाइडर रंगाउने काम आजदेखि सुरु गरिएको हो । रंग खुइलिएका कारण सडकको बीचमा राखिएका डिभाइडर रातिको समयमा नदेखिँदा दुर्घटनाको सम्भावना बढेपछि ट्राफिक प्रहरीको पहलमा सडक विभागले आजदेखि डिभाइडरमा रातिको समयमा टल्किने रंग लगाउन सुरु गरेको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीका अनुसार जनआन्दोलनचोकदेखि बरगाछिसम्मको ५ सय ५९ वटा डिभाइडर रंगाइने छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरले आज सवारी चालक तथा सहचालकहरुलाई प्रशिक्षण दिएको छ ।

पछिल्लो समय विराटनगरसँग जोडिएको मुख्य राजमार्ग विस्तारको काम भइरहेकाले दुर्घटनाको सम्भावना बढेकाले चालक र सहचालकहरुलाई त्यसतर्फ सचेत बनाउने उद्देश्यले प्रशिक्षण दिइएको हो । विराटनगरबाट इटहरी, धरानका लागि छुट्नेलगायतका छोटो दूरीका गाडीका चालक र सहचालकहरुलाई प्रशिक्षण दिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विराटनगरका प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्