नेपाल मै पहिलो पटक उखु काट्ने मेसिन भित्रियो

नेपाल मै पहिलो पटक उखु काट्ने मेसिन भित्रियो

प्रेम देवान
विराटनगर ३ चैत्र । उखु उत्पादनमा प्रयोग हुने यन्त्र तथा औजार प्रर्दशनी एकदिने सुनसरी जिल्लाको अमढुवामा उचबमबकबलष् गरिएको छ ।
यान्त्रिककरणमा जोड आजको आवश्यकता यान्त्रिककरण सफलता नै दिगो कृषि विकास आधार भन्ने मुल नाराका साथ आज एक दिने औजार प्रर्दशनी गरिएको हो । ukhu
औजार प्रर्दशनीमा नेपालमा नै पहिलो पटक न्यू होलेण्ड एग्रिकल्चरले मेसिनद्धारा उखु काटिने यन्त्र ल्याएको छ । साथै उक्त कम्पनीले उखु किसानीहरुको लागी सम्पुर्ण हाते मेसिन पनि प्रर्दशनीमा राखीएको थियो ।
कार्यक्रममा कोशी उखु उत्पादन संघका अध्यक्ष शिवलाल चौधरीले उखु कृर्षकहरुलाई राज्यले सरल प्रकारका मेसिनहरु उपलब्ध गराउन माग गर्नुभएको थियो । साथै मिल कम्पनीहरुले आफुहरुको भुक्तानी चाडो भन्दा चाडो उपलब्ध गराउन पनि माग गरेका थिए ।
यसै विच उखु तथा चिनी विकास समितीका अध्यक्ष रामचन्द्र कुसुहाले नेपालमा पहिलो पटक मेसिनद्धारा उखु काट्ने मेसिन भित्राएकोमा किसानहरुलाई अब उखु काट्न झन्झट नहुने बताए । अहिले किसान पनि नपाईने भएका कारण यस्ता औजारले किसानहरुलाई लाभदायक हुने बताए । कार्यक्रममा साल्ट टे«निङ्ग कपरेसनका संचालक पशुपति रिजाल, मोरङ्ग सुनसरीका डाईरेक्टर राजपाल सिंह, देवदास मानन्धर, मिलन जोशी लगायतले बोलका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्