पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव विराटनगरमा

पूर्वराष्ट्रपति डाक्टर रामवरण यादव विराटनगरमा

बिनु तिम्सिना
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधान कार्यान्वयनका लागि सबैदलहरुबीच सहमती आवश्यक रहेको बताउनु भएको छ ।
विराटनगर विमानस्थलमा आज संचारकर्मीहरुसँग कुरा गर्दै उहाँले लामो इतिहासपछि प्राप्त भएको नयाँ संविधानको कार्यान्वयनका लागि सहमती अपरीहार्य रहेको बताउनु भएको हो । सरकार र आन्दोलनरत मधेशवादी दल दुबै सहमतिका लागि गम्भीर बन्नुपर्ने उहाँको भनाइ छ । सरकार मधेसबादी दलहरुलाई पनि लिएर मधेशको समस्या समाधानका लागि अघि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।
अहिले देशको अवस्थालाई मध्यनजर गर्दै सरकारमा रहेका नेकपा एमाले, एकीकृत माओवादी लगायतका दलहरु, मधेशका दल र कांग्रेस एक ठाउँमा बसेर समस्याको समाधान निकाल्नुको बिकल्प नरहेको उहाँको भनाइ छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्