संविधानको संशोधनले मधेशका ९५ प्रतिशत माग सम्बोधन – पूर्वराष्ट्रपति यादव

संविधानको संशोधनले मधेशका ९५ प्रतिशत माग सम्बोधन – पूर्वराष्ट्रपति यादव

बिनु तिम्सिना
विराटनगर ५ चैत्र
पूर्वराष्ट्रपति डाक्टर रामवरण यादवले संविधानको संशोधनले मधेशका ९५ प्रतिशत माग सम्बोधन भएको बताउनुभएको छ ।
कार्यकारी पदबाट भूतपूर्व भएपछि पहिलो पटक विराटनगर आउनुभएका उहाले आज संचारकर्मीहरुसंग कुरा गर्दै यस्तो बताउनुभएको हो । उहाले संशोधनले मधेशको धेरै मागहरु सम्बोधन भएको र नमिलेको विषय छलफल र वार्ताबाट मिलाउन सकिने बताउनुभयो । गणतन्त्र र लोकतन्त्रलाई जोगाई राख्नको लागि आफुले संबिधानमा हस्ताक्षर गरेको बताउँदै उहाले झण्डै ९० प्रतिशतले पारित गरेको संबिधानलाई कार्यान्वयन गर्दिन या मान्दीन भन्नु अत्युक्ती नहुने उल्लेख गर्नुभयो ।

लोकतन्त्रीक मुलुकमा लोकतन्त्रको बिधि र प्रक्रिया सबैले अंगिकार गर्नु पर्ने धारण राख्दै यादवले सरकारलाइ असहिष्णु नबन्न र मधेशवादी दलहरुलाइ पनि अतिवादी नहुन आग्रह गर्नूभयो । रिटायर्ड लाईफ वातावरण संरक्षण्मा लाग्ने बताउँदै उहाले अब चुरे र वातावरण संरक्षणमा आफु लागि पर्ने स्पष्ट पार्नुभयो । वातावरण संरक्षणको काम सँगै सामाजिक सद्भाव र राष्ट्रिय एकताको मुद्धालाई पनि सँगै लिएर जाने उहाले स्पष्ट पार्नुभयो । मधेश आन्दोलन र भूकम्पका कारण देशलाई २५ खर्बभन्दा धेरै नोक्सानी भएको बताउँदै यादवले झगडा र तितो भाषा बोलेर मात्र विकास नहुने स्पष्ट पार्नुभयो । पहाडिया र मधेशिया भनेर फाटेको मन जोड्न पनि आफुले भूमिका निर्वाह गर्ने यादवको भनाई थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्