चार्टर्ड विद्यार्थीहरुको बिराटनगरमा राष्ट्रिय सम्मेलन

चार्टर्ड विद्यार्थीहरुको बिराटनगरमा राष्ट्रिय सम्मेलन

विराटनगर ५ चैत्र,IMG_8254
विराटनगरमा आजदेखि दुईदिने चार्टर्ड विद्यार्थीहरुका लागि राष्ट्रिय सम्मेलन सुरु भएको छ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था तथा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संगठनको आयोजनामा दुईदिने सम्मेलन सुरु भएको हो । चार्टर्ड एकाउन्टेन्सी शिक्षाको स्थानीय स्तरमा चेतना अभिवृद्धि गराउदै पूर्वाञ्चलमा चार्टर्ड एकाउन्टेन्सी शिक्षाको थप प्रवद्र्धन गर्न ,विद्यमान विद्यार्थीहरुको क्षमता विकास गराउन र आइक्यान तथा सिए शिक्षाको बारेमा सचेतना फैलाउन सम्मेलनको आयोजना गरिएको आयोजकले जनाएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा देशभरका तीन सयजना चार्टर्ड एकाउन्टेन्टका विद्यार्थीहरुको सहभागीता रहेको छ । सम्मेलनमा भारतको सिलीगुडी र कलकत्तामा अध्ययरत विद्यार्थीहरुको समेत सहभागिता रहेको छ।

IMG_8478कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै महालेखापरीक्षक भानुप्रसाद आचार्यले चार्टर्ड विद्यार्थीहरुको नेपालमा मात्रै नभएर विदेशमा पनि माग रहेको बताउनु भयो । उहाले सिएहरुले देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनु भयो । उहाले पेशा, व्यवसायप्रति इमान्दार भएर काम गरे देशको राजस्व उल्लेखनीय वृद्धि हुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्