नेपाल टेलिकम वर्कर्सको ११ औं क्षेत्रीय अधिवेशन विराटनगरमा सम्पन्न

<span class='c1'>नेपाल टेलिकम वर्कर्सको ११ औं</span> <span class='c2'>क्षेत्रीय अधिवेशन विराटनगरमा सम्पन्न</span>

 

 

बिनु तिम्सिना

बिराटनगर चैत्र ७

नेपाल टेलिकम वर्कर्स युनियन क्षेत्रीय समिति विराटनगरको ११ औं क्षेत्रीय अधिवेशन आज विराटनगरमा सम्पन्न भएको छ ।

अधिवेनको उद्घाटनमा बोल्दै नेपाल टेलिकम पूर्वाञ्चल क्षेत्रीय निर्देशक खड्गबहादुर बस्नेतले कर्मचारी र व्यवस्थापकहरु सबै मिलेर अगाडि बढ्न सकेमात्रै टेलिकमका सेवा सुविधाहरुलाइ गुणस्तरीय बनाउन सकिने बताउनुभयो । कार्यक्रममा बोल्दै नेपाल टेलिकम वर्कर्स युनियनका केन्द्रीय अध्यक्ष कृष्ण अर्यालले नेपाल टेलिकमको विनियमावली संशोधन प्रक्रियामा युनियनको समेत सहभागिता हुनुपर्नेमा माग गर्नुभयो । उहाले टेलिकमले सुरु गरेको सेवा विस्तार सम्पन्धी परियोजनाहरु २०१७ सम्ममा पुरा गरी सक्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा बोल्दै टेलिमकका सेवा निवृत कर्मचारीहरुले व्यवस्थापनको कमजोरीले गर्दा आफुहरुले उर्जाशील जिवन टेलिकमको सेवामा बिताएपनि खाली हात फर्कनुपरेको गुनासो गरे । कार्यक्रममा सेवा निवृत्त भएका टेलिकमको पूर्व कर्मचारीहरुलाइ समेत सम्मान गरिएको थियो । कार्यक्रममा सांसद अमृत अर्याल, नेपाली कायंग्रेसका जिल्ला सभापति तथा सांसद डिगबहादुर लिम्बु, नगर सभापति भिम पराजुलीले समेत टेलिकमको सेवा विस्तार र गुणस्तर कायममा कर्मचारी र व्यवस्थापन संगसंगै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्