विराटनगर उपमहानगरपालिका भित्र संचालित विकास निर्माणका कामहरुले गति लियो

<span class='c1'>विराटनगर उपमहानगरपालिका भित्र संचालित विकास</span> <span class='c2'>निर्माणका कामहरुले गति लियो</span>

बिनु तिम्सिना
बिराटनगर चैत्र ७
विराटनगर उपमहानगरपालिका भित्र संचालित विकास निर्माणका कामहरुले अहिले गति लिएको छ । समयमा नै सम्पन्न गर्नुपर्ने र थप लगानिको लागि आधार तयार गर्नुपर्ने भएपछि परियोजनाको काम तिब्र रुपमा भइरहेको छ ।
भुकम्प र बन्द हड्ताल लगायत विभिन्न समस्याका कारण लामो समयसम्म ठप्प बनेको विकास निर्माणको काम यतिबेला तिब्र रुपमा भइरहेको छ । लामो समयसम्म काम हुन नसक्दा समयमै काम सम्पन्न गर्न चुनौतिपूर्ण देखिएपछि अहिले नगरभित्रका भिविन्न क्षेत्रमा एकैपटक द्रुत गतिमा कामहरु भइरहेका छन् । सडकको बिचबाट ढल निर्माण गर्नुपर्ने हुँदा खानेपानी, विद्युतको पोल र दुरसंचारको अप्टिकल फाइबरहरुका कारण समस्या भइरहेको भएपनि नगरवासीहरुको सुविधालाइ ध्यानमा राखेर काम गरिरहेको उपमहानगरपालिकाका कार्यकारी अधिकृत गोपालप्रसाद रेग्मीले बताउनुभयो ।

थप लगानिलाइ सुनिश्चित गर्नका लागि समेत जतिसक्दो छिटो अहिले भइरहेका कामहरु सम्पन्न गर्नुपर्ने भएकाले अहिले द्रुत गतिमा कामहरु भइरहेको छ । यतिबेला पुष्पलाल चौकको बाटो पिच गर्ने, नगरका विभिन्न क्षेत्रमा ढलको पाइप विछ्याउने लगायतका कामहरु तिब्र गतिमा भइरहेको परियोजना व्यवस्थापक उपेन्द्र बरालले बताउनुभयो ।

अहिलेसम्म ५० प्रतिशत काम सम्पन्न भइसकेको बताउँदै उहाँले यहि रफ्तारमा काम गर्न सकेमा अर्काे वर्षसम्म सजिलै सम्पूर्ण कामहरु सम्पन्न गर्न सकिने उहाँले बताउनुभयो । खानेपानीको पाइप, विद्युतका पोल सार्नुपर्ने र दुरसञ्चारको अप्टिकल फाइबरहरु बिच सडकमा परेका कारण अझैपनि काम गर्न समस्या भइरहेकाले सबै निकायले समन्वय गर्नु जरुरी रहेको उहाँको भनाइ छ । नगरभित्र व्यापाक रुपमा एकैपटक कामहरु सञ्चालन गर्दा नगरवासीहरुलाई समस्या भएपनि यसको विकल्प नभएका कारण केहि समय धैर्य धारण गर्न उपमहानगरपालिकाले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्