पाँच बुदे माग राख्दै राहत शिक्षकहरुले जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाए

<span class='c1'>पाँच बुदे माग राख्दै राहत शिक्षकहरुले</span> <span class='c2'>जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाए</span>

बिनु तिम्सिना
बिराटनगर चैत ७
विभिन्न पाँच बुदे माग राख्दै राहत शिक्षकहरुले आज जिल्ला शिक्षा कार्यालय मोरङमा ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल राहत शिक्षक समिति जिल्ला कार्य समिति मोरङले शिक्षक सेवा आयोगको विज्ञापनमा उमेरहदको हदबन्दी हटाइउनु पर्ने, सम्पुर्ण कार्यरत राहत शिक्षकलाइ आयोगको विज्ञापनमा सहभागि गराइनुपर्ने, आठौं शिक्षा संशोधन विधृयकमा रारहत शिक्षक शब्द समावेश गरिनुपर्ने लगायतका माग राख्दै मोरङका जिल्ला शिक्षा अधिकारी देवेन्द्र राज खनाललाइ ज्ञापनपत्र बुझाएका हुन् । साथै सरकारले राहत शिक्षकहरुलाइ दुर्गम र स्थानीय भत्ता दिने भनेको भएपनि हालसम्म उपलब्ध नगराएकोले तत्काल सो व्यवस्था गरिनुपर्ने र दरबन्दीका शिक्षक सरह राहत शिक्षकहरुलाइ समेत पोशाक भक्ता उपलब्ध गराइनुपर्ने माग राखेका छन् । आफ्ना मागहरु पुरा नगरे नयाँ शैक्षिक शैक्षिक हड्ताल गर्ने अध्यक्ष अनिलकुमार चौधरीले बताउनुभयो । सो माग सहितको ज्ञापनपत्र आज देशैभरीका ७५ वटै जिल्ल शिक्षा कार्यालय मार्फत शिक्षा मन्त्रालय पठाइएको उहाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्