बिराटनगरमा होली कार्यक्रम हुने

<span class='c1'>बिराटनगरमा होली</span> <span class='c2'>कार्यक्रम हुने</span>

बिराटनगर चैत ८ ,

बिराटनगरको अनलाइन पत्रिका आवर बिराटनगर डट नेट र क्रिएटिभ आईको आयोजनामा होली कार्यक्रम हुने भएको छ । "लेट्स प्ले होली २०१६" नाम दिइएको उक्त कार्यक्रम चैत ९ गते क्रिएटिभ आई ट्राफिक चोकमा हुनेछ । कार्यक्रममा बिराटनगरका युवा अभियानकर्ता , पत्रकार , युवा उध्धमी लगाएत समाजमा योगदान पुर्‍याउने व्यक्तिहरुको उपस्थिति रहनेछ । कार्यक्रममा सामुहिक रुपमा होली खेल्ने , विभिन्न सांगीतिक कार्यक्रम , होली संग जोडेर विभिन्न खेलहरु खेलाइने छ । दिउसो २ बजेबाट शुरु हुने उक्त कार्यक्रममा बिराटनगरका विभिन्न सामाजिक र कमर्सियल संस्थाहरुले पनि सहभागीता जनाउने छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्