बिराटनगर चैत ८ , बिराटनगर र इनरुवामा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री के पि ओली सहित प्रमुख दलका शिर्ष नेताको पुत्ला जलाएको छ । आईतवार बिराटनगरको रोडशेष चोकमा मोर्चाले पुत्ला जलाएको हो । मधेसको मुद्दा सम्बोधन नगरी नेताहरु सत्ताको खेल खेल्न थालेकाले नेताहरूको पुत्ला जलाइएको मोर्चाले बताएको छ । मधेसको माग सम्बोधन नभए निर्णायक आन्दोलन सुरु गर्ने चेतावनी मोर्चाले दिएको छ ।