नेपालमा कुनै हालतमा राजतन्त्र फर्कन सक्दैन: सुजाता

<span class='c1'>नेपालमा कुनै हालतमा राजतन्त्र</span> <span class='c2'>फर्कन सक्दैन: सुजाता</span>

विराटनगर ८ चैत्र ।  नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले नेपालमा अब कुनै पनि हालतमा राजतन्त्र नफर्किने बताउनुभएको छ । विराटनगरस्थित जीपी फाउन्डेसनमा सोमबार बिहान सञ्चारकर्मीहरूसँग कुराकानी गर्दैै कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीहरूलाई आग्रह गर्नुभयो । “मरिसकेको मान्छेलाई फेरि जिउँदो बनाउन सकिँदैन, त्यसैगरी राजतन्त्र पनि अब फर्किने कुनै सम्भावना छैन,” पूर्वउपप्रधानमन्त्रीसमेत रहेकी कोइरालालले भन्नुभयो, “अब यस्ता काल्पनिक कुरामा कोही पनि अल्झिनुहुँदैन ।” सात दशकभन्दा लामो संघर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।
दलहरूको सहकार्यबिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उहाँको भनाइ थियो । कोइरालाले कांग्रेसले प्रतिपक्षमै रहेर पनि संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्