होलीमा बालबालिकालाई संस्कारको खाँचो

<span class='c1'>होलीमा बालबालिकालाई</span> <span class='c2'>संस्कारको खाँचो</span>

सुमन तिमल्सिना
विराटनगर, चैत ८
suman 2
बिराटनगमा होलीको अवसरमा आयोजित कार्यक्रममा बालबालिकाको बिषयले प्राथमिकता पाएको छ । बिराटनगरमा रहेको स्काई एफएम प्रालिले आयोजना गरेको होली रंङगारंग २०७२ को अवसरमा बालबालिकालाई होलीमा संस्कारको खाँचो रहेको औल्याएका हुन । सहभागिहरुले होलीमा बालबालिकाहरुले संस्कृतीको संरक्षणमा भुमिका खेलेको भएपनि संस्कारमा अलिक पछाडी परेको भन्दै होलीले बालबालिकालाई संस्कार सिकाउनु पर्ने सहभागिहरुले बताएका हुन । होलीले बालबालिकालाई संसकार सिकाउन सकेमा होली बालबालिकाको लागि संस्कृती संरक्षणको रुपमा अघि बढ्ने बताए ।
बार्यक्रममा बोल्दै मोरङका प्रहरी उपरिक्षक सन्दीप भण्डारीले घर देखि नै बालबालिकालाई संस्कार सिकाउन सके होली पर्ब सभ्य र भब्य हुने र सबैलाई एकताको सुत्रमा बाँध्ने काम गर्ने बताउनुभयो । उहाँले होलीमा जथाभाबी लोलाहान्ने तथा उछृङखल गतिबिधि गर्नेलाई कार्वार्ही गरिने समेत उहाँले जानकारी दिनुभयो ।

बालमैत्री विराटनगरको अभियानलाई सफल बनाउनको लागी बालबालिका सँग जोडिएका बिषयहरु जसरी आएका छन् यो होलीले पनि त्यसै गरी नयाँ कुरा सिकाउने विराटनगर उपमहानगर पालिकाका कार्यकारी अधिकृत गोपल रोग्मीले बताउनु भयो । बालबालिकाको लागि बालमैत्रीको अभियानको अन्तीममा पुगेको बेलामा यो कार्यक्रमले थप नयाँ कुरा उठाएको स्पष्ट पार्नु भयो ।

कार्यक्रममा पत्रकार महासंघका उपाध्यक्ष बन्धु पोखरेल, क्षेत्रीय हुलाक निर्देशनालयका निर्देशक डगेन्द्र पराजुली, प्रेस युनियनका सभापति मिन कुमार नवोदित, प्रेस चौतारीका अध्यक्ष रामचन्द्र अधिकारी, प्रेस युनियनका क्षेत्रीय संयोजक लिला बल्लभ घिमिरे लगायतले बालबालिकालाई अहिले देखि नै संस्कार सिकाउन सकेमा पछि देशको लागि नै सभ्य नागरिक बन्नेमा आशा ब्यक्त गर्नु भएको थियो ।

उज्यालो ९० नेटवर्क सँगको सहकार्यमा रेडियो कार्यक्रम उत्पादन र प्रसारण हुन थालेपछि नयाँ ब्यवस्थापन शुरु भएसँगै रेडियोले बर्षिक कार्य योजना बनाएर काम गरि रहेकोले सामाजिक दायित्व भित्र पर्ने कार्यमा रेडियोले काम गर्दै आएको रेडियोका स्टेशन म्यानेजर सुमन सुस्केराले जानकारी दिनुभयो । स्काई एफएमको आयोजनामा भएको कार्यक्रमलाई एसियन थाईफुडस्, बाबा भेजिटेवल आयल, डिपिएस बिराटनगर, कोशी फुड प्रोडक्स र केएल दुगडले सहकार्य गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्