बिराटनगरमा पेट्रोलियम पदार्थ सहज बनाउन पहल शुरु

<span class='c1'>बिराटनगरमा पेट्रोलियम पदार्थ सहज</span> <span class='c2'>बनाउन पहल शुरु</span>

विराटनगर (आयल मजदुर)
पेट्रोलियम पदार्थको आपूर्तिलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला प्रशासन कार्यालय मोरङमा सर्वपक्षीय बैठक सम्पन्न भएको छ ।

पेट्रोल ट्याङ्कर चालक संघले पक्राउ परेका आफ्ना सहकर्मीलाई बिना सर्त रिहा गर्न तीन दिनदेखि पेट्रोलियम पदार्थ ढुवानी अवरुद्ध गरेपछि पेट्रोल वितरणमा समस्या भएकाले समस्या समाधानका लागि प्रशासनमा सर्वपक्षीय बैठक बसेको हो । बैठकमा बोल्दै मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले पक्राउ परेका मजदुरहरुका बारेमा अनुसन्धान भइरहेकाले अति आवश्यकीय वस्तुको ढुवानी नरोक्न आग्रह गर्नुभयो । यस्तै नेकपा एमालेका मोरङ अध्यक्ष महेश रेग्मीले पक्राउ परेका मजदुरहरु दोषी छन् भने कारबाही चलाउन आग्रह गर्दै पेट्रोल पम्प सञ्चालकलाई पनि कानुनी दायरमा ल्याउन प्रशासन सक्रिय हुनुपर्ने बताउनुभयो । यस्तै नेपाली कांग्रेस मोरङका सचिव नागेश कोइरालाले प्रहरीले पेट्रोल पम्प सञ्चालकलाई पक्राउ गरेर कारबाही अगाडि बढाए समस्याको समाधान हुने सुझाव दिनुभयो । बैठकमा बोल्दै मोरङका प्रहरी प्रमुख एसपी सन्दीप भण्डारीले पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाले ढुवानी अवरुद्ध गर्दैमा दोषीलाई नछाड्ने स्पष्ट पार्नुभयो । यस्तै नेपाल आयल निगमका क्षेत्रीय प्रमुख भुवन रेग्मीले मजदुहरुसँग ढुवानीका लागि वार्ता भइरहेकाले आज वा भोलिसम्ममा आपूर्ति सहज हुने जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्