बिराटनगर-चैत्र १२
सर्चइन्जिन गुगलले सगरमाथालाई चीनमा देखाएको बिरोधमा सुनसरीको इटहरीमा विरोर्ध यालीको आयोजना गरिएको छ । आज बिहान इटहरी चोकमा आयोजना गरिएर्को यालीमा नागरिक समाज, पत्रकार तथा सर्वसाधारणको उपस्थिति रहेको थियो र्। यालीका सहभागीहरुले सर्चइन्जिन गुगललाई गल्ती सुधार गर्न आग्रह गरेका थिए । उनीहरुले सगरमाथा नेपालको भएका भन्दै विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । विश्वभर नेपाललाई चिनाउने सगरमाथालाई पछिल्लो समय विश्वचर्चित सर्च इन्जिन गुगलले उसको म्यापमा चिनियाँ भूभागतर्फ देखाउन थालेपछि इन्टरनेट प्रयोगकर्ता सशंकित भइरहेका छन् । केही सातायता गुगल म्यापमा नेपालको सगरमाथालाई चीनको टिंग्री जिगेज चीनमा देखाइरहेको छ ।