पेट्रोल पाउन छाड्यो बिराटनगरमा

<span class='c1'>पेट्रोल पाउन</span> <span class='c2'>छाड्यो बिराटनगरमा</span>

बिराटनगर-चैत्र १२

विराटनगरमा आजबाट पेट्रोलियम पदार्थको विक्री वितरण पूर्ण रुपमा बन्द भएको छ । ट्यांकर मजदुरको आन्दोलनका कारण भारतको बरौनीबाट आएको डिजेल र पेट्रोल भण्डारणमा समस्या आएपछि विक्री ठप्प भएको हो । पम्पहरुले नेपाल आयल निगमले उपलब्ध गराउँदै आएको पेट्रोलियम पदार्थ आन्दोलनका कारण ढुवानी हुन नसकेको भन्दै उपलब्ध गराउन नसकेपछि विक्री वितरणनै बन्द गर्नु परेको जनाएका छन् । विराटनगरमा रहेका २२ वटै पम्पबाट विक्री ठप्प छ । पम्प संचालकहरुले निगमले उपलब्ध गराउन नसकेको र  आफूहरुसंग रहेको स्टक समेत सकिएको जनाएका छन् । डिजेल र पेट्रोल नपाउँदा उपभोक्ता मारमा परेका छन् । नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख भुवन रेग्मीले ट्यांकर मजदुरको आन्दोलनका कारण ढुवानी भएको पेट्रोलियम पदार्थ भण्डारण गर्ने र पम्प सम्म लैजाने काममा अवरोध पुगेको बताउनु भयो । मजदुरहरुकै अवरोधका कारण पम्प सम्म लगेर पेट्रोलियम पदार्थ खन्याउन नपाएको उहाँको भनाइ छ । प्रहरीले पाँच जना मजदुरलाई यही फागुन ३० गते पक्राउ गरेर कालोबजारी ऐन अन्तर्गतको मुद्धा चलाएपछि सहकर्मी रिहाईको माग गर्दै यही चैत ९ गतेबाट पाँच सय ६० ट्यांकर मजदुर आन्दोलनमा उत्रिएका छन् । ट्यांकर चालक इकाइ संघका अध्यक्ष केशव आचार्यले कालोबजारीका लागि निर्देशन दिने पम्प मालिकलाई उन्मुक्ती दिएर मजदुरलाई मात्र पक्राउ गरिएका कारण आन्दोलन गरिएको बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्