मिस कोशीको फाईनल स्प्रर्धा आज हुदै

<span class='c1'>मिस कोशीको फाईनल स्प्रर्धा</span> <span class='c2'> आज हुदै</span>

मिस कोशीको फाईनल स्प्रर्धा आज हुदै

प्रेम देवान
विराटनगर १३ चैत्र । हिजो राती मात्रै सम्पन्न पुर्वाअञ्चल कलेज प्रिन्सेस २०१६ स्प्रर्धा सकिए संगै आज सांझ पुन अर्को ईभेन्ट हुन गईरहेको छ ।
आज फेरी अर्को मिस कोशीको फाईनल सस्करण आज बेलुकी होटल नमस्कारमा हुन गईरहेको आयोजक समितिका अध्यक्ष अमलेश कर्णले जानकारी दिनुभयो ।
आज हुन लागेको फाईनल राउण्डमा पुर्वका १४ युवतीहरु प्रतिस्प्रधामा उत्रिन लाग्दै छन् ।
करिज्मेट्रिक एडभटाईजिङ तथा जय मिडिया मेनेजमेन्ट प्रालिको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनलमा धनकुटा, धरान, ईटहरी र विराटनगरका १४ जना युवतीहरु सहभागी छन् । स्र्पधामा एलिना भण्डारी, अनिता लिम्बु, अनुपमा अधिकारी, सुनिता रञ्जितकार, मनिसा कार्की, निर्भिका पौडेल, निरुता पौडेल, नितिक्षा पाठक, प्रतिसा मुखिया, रञ्जना गिरी, रासिका सापकोटा, सरस्वती बस्नेत, सारदा निरौला र सिता घिमीरे रहेका छन् ।

आज सांझ हुने प्रतियोगिताको फाईनल विजेता हुनेले ५१ हजार रुपैया लगायत ट्रफि, गिफट ह्यापर प्रदान गरिने त्यसैगरी फस्ट रनरअपलाई ३१ हजार र सेकेन्ड रनरअपलाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्