नायिका वर्षा संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

<span class='c1'>नायिका वर्षा संग</span> <span class='c2'>अन्तरक्रिया कार्यक्रम सम्पन्न</span>

बिराटनगर चैत १३
बिराटनगर युनाईटेड लियो क्लबको नायिका बर्षा शिवाकोटी सग अन्तर्कृयाका साथ साथै छात्रबृति बितरणका र  मनोरंजनात्मक कार्यक्रम सम्पन्न भएको छ । सङ्गम पार्टी प्यालेसको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न उपस्थित दर्शकले राखेको प्रश्न को जवाफ दिदै नेपाली चलचित्र नराम्रो भन्नु भन्दा पहिले एक पटक हलमा गएर फिल्म हेरेर मात्र धारणा बनाउन आग्रह गर्नु भएको थियो । साथै जिज्ञासाको जवाफ दिने क्रममा आफ्नो मिहेनत लगनशीलता र धैर्यता भएमा राम्रो अवसर प्राप्त गर्न सकिने तथा कसै सग आग्रह पुर्वाग्रह राख्नु नपर्ने बिचार ब्यक्त गर्नु भयो ।अर्को एक प्रश्नको जवाफ दिदै हामीले नेपाली फिल्म नहेरे यसले कहिले पनि माथी उठ्न नसक्ने भएकाले नेपाली फिल्मलाइ माया गर्न आग्रह गर्नु भयो ।
त्यस्तै कार्यक्रम मा कक्षा १० मा अध्यनरत बाल मा बि बिराटनगरका बलराम कामत र कक्षा ८ कि मधु कामतलाइ शैक्षिक सामाग्री प्रदान गरिएको थियो । उक्त बिधार्थीहरुलाइ क्लबले कक्षा १२ सम्म छात्रबृती प्रदान गर्ने घोषणा गरे बमोजिम छात्रवृत्ति प्रदान गरि रहेको र  कक्षा १० उतिर्ण गरे पश्चात अर्किड कलेजमा कक्षा १२ सम्म पुर्ण छात्रवृत्ति प्रदान गर्ने घोषणा क्लबकी अध्यक्ष लियो जुनु पोख्रेलले गर्नु भएको थियो । साथै उहाले क्लबले छात्रवृत्ति कार्यक्रमलाइ बढाउदै लैजाने  बताउनु भयो ।
कार्यक्रममा अतिथीको रुपमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्टृक ३२५ ए वानका निवर्तमान गभर्नर लायन भिम घिमिरे , द्वितीय उपाध्यक्ष लायन लिला ढुङगेल ,लायन बिजय हरि शर्मा , लायन रेवत बाहदुर कार्की लायन डा. उद्धब पोख्रेल ,लायन भेषराज पोख्रेल लायन राजेश कार्कि लियो डिष्टिक सह सचिब लियो सुभाष भण्डारी ,लियो रिजन २ सयोजक लियो बिशाखा झा लगायतको उपस्थिति रहेको थियो ।
लायन्स को युथ प्रोजेक्टको रुपमा रहेको लियो क्लवले यस किसिम को कार्यक्रम गर्नु ज्यादै नै सराहनीय रहेको र लियो युनाईटेडको कामबाट आफुहरु खुशी रहेको भन्दै अध्यक्ष जुनु पोख्रेलको कार्यकाल सफल रुपमा चलिरहेकोमा बधाइका साथ साथै आगामी दिनमा आफु हरुले सक्दो सहयोग गर्ने भन्दै शुभकामना दिनु भयो ।
क्लब अध्यक्ष लियो जुनु पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा लियो अर्बिन्द मेहेताले स्वागत मन्तव्य ब्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्