बिराटनगर जुनियर जेसिसको तालिम सम्पन्न

बिराटनगर जुनियर जेसिसको तालिम सम्पन्न

बिराटनगर चैत १३

बिराटनगर जुनियर जेसिजद्वारा १ दिने शाखा पदाधिकारीको कामकर्तव्य,जिम्मेवारि र भुमिका साथै एक असल बैठक संचालनको विधि सम्बन्धि तालिम शनिबार जेसिज सचिवालयमा सम्पन्न गरेको छ।कार्यक्रममा करिव ४० जनाले प्रशिक्षण लिएका थिए।
जेसि कैलास खाकी श्रेष्ठ(भुतपुर्व अध्यक्ष जेसिज बिराटनगर) ले सो कार्यक्रममा प्रमुख प्रशिक्षकको भुमिका निर्वाह गरि तालिम प्रदान गर्नु भएको थियो । त्जेयसैगरी सि टि.पि आचार्य (भुतपुर्व अध्यक्ष जेसिज बिराटनगर) सो कार्यक्रममा प्रमुख अतिथीको भुमिकामा रह्नु भएको थियो।
सोही कार्यक्रममा जेसि रमित श्रेष्ठ, उज्ज्वल खरेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने,
सो कार्यक्रमको संयोजक्त्व जु.जेसि मिनिसा दाहालले गर्नु भएको थियो।
सोहि क्रममा प्रमुख अतिथीद्वारा बिराट्नगर जुनियर जेसिजको स्थाइ सम्पती रह्ने गरि एक प्रोजेक्टर प्रदान गर्नु भएको छ।
जु. जेसि अभिनास थापाले सो कार्यक्रममा उक्त तालिमले पदाधिकारीले जिम्मेवारी बोधका साथै जुनियर जेसिजले जहिले पनि कसरी उत्कृष्ट र असल बैठक संचालन गर्ने सम्बन्धमा सहयोग गर्ने विश्वास व्यक्त गर्दै सम्पुर्ण प्रती आभार व्यक्त गरि कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्