बिराटनगरमा पेट्रोल सहज हुने , आन्दोलन स्थगित

बिराटनगरमा पेट्रोल सहज हुने , आन्दोलन स्थगित

बिराटनगर चैत १४ , बिगत केही दिन देखि जारी टंयाकर चालक मजदुरको आन्दोलन स्थगित भएको छ । शनिबार मोरङ व्यापार संघमा भएको छलफलपछि आन्दोलन एक साताका लागि स्थगित गरिएको हो । उनिहरुले आफ्नो माग पूरा गर्न एक साता समय दिदै आन्दोलन स्थगित गरेका हुन । बिराटनगरको धिताल पेट्रोल पम्पमा कालोबजारी गरेको भन्दै पाँच मजदुरलाई पक्राउ गरिएपछि उनिहरु आन्दोलित भएका थिए । पक्राउ परेका पाँच मजदुरको रिहाइको माग गर्दै उनिहरु आन्दोलित थिए । उक्त आन्दोलनका कारण बिराटनगर लगायत मोरङमा पेट्रोल अभाव भएको थियो । उनिहरुले पाँच दिन देखि पेट्रोलियम ढुवानी बन्द गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्