आदर्श स्कुलमा बिविध कार्यक्रम

आदर्श स्कुलमा बिविध कार्यक्रम

बिराटनगर चैत्र १३
आदर्श उच्च माध्यमिक विद्यालयले जे सि टी आई टी कार्यक्रममा २०७१ समूहमा अध्ययनरत विद्यार्थीहरुको लागि एक कार्यक्रमको आयोजना गरी वृत्ति विकास सम्बन्धि अन्तक्र्रिया तथा बिदाई कार्यक्रम सम्पन्न गरेको छ ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद अन्र्तगत विद्यालयमा सञ्चालनमा रहेको १५ महिने जे सि टी आई टी कार्यक्रमको अघिल्लो समूहमा अध्ययन पूरा गरेका प्रशिक्षार्थीहरु तथा सीप विकास परियोजना अन्र्तगतको छोटो अवधिको तालिमका प्रशिक्षार्थीहरुलाई लक्षित गरि गरिएको उक्त कार्यक्रममा विद्यालयका शिक्षकहरु, विराटनगरमा रहेका सँग सम्बन्धित विभिन्न निकायमा महानुभावहरु, प्रशिक्षार्थीहरु लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा विद्यालयबाट उत्पादित जनशक्तिहरुलाई बजारको आवश्यकता तथा मागको अवस्था, क्षमता विकासका लागि हासिल गर्नुपर्ने पेशागत सीप, रोजगारी तथा वृत्ति विकास आदि बारे सहजीकरण गरिएको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री रमेशलाल चौधरीज्यूको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई प्राचार्य दुर्गाप्रसाद चूडाल, शिक्षक उज्ज्वलराज नेपाल, अजिप चापागाई लगायत क्ष्त् सँग सम्बन्धित विभिन्न निकायमा महानुभावहरुले सहजीकरण गर्नुभएको थियो । साथै कार्यक्रमको दोस्रो खण्डमा उक्त समूहका प्रशिक्षार्थीहरुको विविध कार्यक्रम सहित बिदाइ समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्