विराटनगरमा उडिरहेको धुलो स्वासप्रस्वासका लागि खतरनाक छ कि छैन ?

विराटनगरमा उडिरहेको धुलो स्वासप्रस्वासका लागि खतरनाक छ कि छैन ?

विराटनगर संचालन भईरहेको वातावरणिय सुधार परियोजना अन्तरगतको नाला निर्माणले गर्दा उडेको धुलोले जनजीवनमा पर्न गएको समस्यालाई तत्काल समाधान गर्ने सूझाव दिदै सूचना जागरण अभियानले विराटनगर उपमहानगरपालिकासँग यसबारे सूचना माग गरेको छ । अभियन्ता केदार बहादुर बस्नेत , निर्मल तामाङ, संजिव चापागाँइ, बसन्त अधिकारी, सुजित झालगायतको टोलीले परियोजना प्रमुख इन्जिनियर उपेन्द्र बराललाई सूचनाको अधिकार प्रयोग गरि विराटनगरमा उडिरहेको धुलो स्वासप्रस्वासका लागि खतरनाक छ कि छैन ? भन्ने सूचना माग गर्दा तल तस्विरमा रहेको निवेदन दर्ता गर्न नमानी उनले विराटनगर उपमहानगरपालिका जान भनेका थिए । पछि टोलीले विराटनगर उपमहानगरपालिकाका कार्यकारी प्रमुखलाई निवेदन बूझाई सूचना माग गरेको छ।

एशियाली विकास बैकको ऋणबाट संचालित वातावरणिय सूधारको परियोजना कार्यान्वयन गर्दा जनताको स्वास्थ्यमा परेको असरलाई ध्यान दिन टोलीले अनुरोध गरेको छ । यसै गरि निर्माण क्षेत्रमा भएका खाल्डा र बन्द बाटोहरुका बारेमा सर्वसाधारणले जानकारी गराउने सूचना बोर्डहरू नराखेको हुँदा त्यसले हरेक दिन दुर्घटना निम्त्याईरहेको प्रति सचेत गराउँदा ७ दिन भित्र सुचना बोर्डहरु राखि सक्ने आस्वासन परियोजना प्रमुख बरालले दिएका छन् ।

करार अनुसार वातावरणिय सूधार परियोजना अन्तरगतको सबै कार्य आगामी मे महिना सम्ममा सकिसक्नु पर्नेछ । एशियाली विकास बैंकसँग सन २०४२ सम्ममा तिरिसक्ने गरि ऋण लिएर यो परियोजना संचालन भईरहेको हो ।

iam suchana maag1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्