किशन शाही
केरावारी । वैदेसिक रोजगारीका लागि ४ वर्ष मलेशिया र १ वर्ष थाइल्याण्ड वसेर स्वदेश फर्केका केरावारी ८ का महाचन्द्र लिम्बुलाई बन्द अड्ताल र बेरोजगारीका बापजुद स्वदेशमा भ्याई नभ्याई छ । काम नभएको बेला के गरी बस्ने होला भन्ने ठूलो चिन्ता थियो उनलाई तर अहिले घरमै वसेर रोजगारी सृजना भएको छ ।
दुई वर्ष कतार, ३ वर्ष मलेसिया र सिंगापुरमा गएर पैसा कमाउँन नसकेका सोही ठाँउका उदय राईपनि वैदेसिक रोजगारीको बिकल्प खोजेर गाँउघरमै खेतिपाती गर्दै आएका उनलाई पनि आजभोली कुनै दिन फुर्सद छैन । राई र लिम्बुको जस्तै पिडा बोकेर जति पटक विदेश गएपनि विदेशको कमाइले माखो मार्न नसकेका अर्का छिमेकी युवा रुद्र निरौला पनि गाँउघरमा केही काम नपाए पछि जीवनदेखि थकित बनेका थिए तर आजभोली उनको दैनिकी फेरिएको छ ।संयोग नै भन्नु पर्छ राई लिम्बु र निरौला तिनै जनाको भेट जव भयो उनीहरु तिनैजना बसेर सल्लाह गरे । के गर्दा घरमै वसेर रोजगारी पाइन्छ । कुन व्यवसायवाट पैसा कमाउँन सकिन्छ ? यसको खोजी नीति गरी त्यसपछि तिनै जना पोल्टी फर्म संचालन भएका विभिन्न ठाँउमा पुगे पोल्टी फर्मको अवलोकन गरी मुगु पोल्टी फर्म संचालन गरी व्यवसायिक रुपमा पोल्टी फर्ममा हात हाले । केरावारी ८ मुगुमा स्थानीय व्यतिmको खाली जग्गा लिजमा लिई व्यावसायिक पोल्टी फर्म दर्ता गरी संचालनमा ल्याएपछि तिनै जनाको दैनिक मात्र फेरिएको छैन भर्खरका युवाहरु व्यवसायिक रुपमा लागेर काम गर्न थालेपछि गाउलेहरुवाट उनीहरुप्रतिको दृष्टिकोण समेत फरक हुन थालेका छन् ।
हिजो आज गाँउघरमा मात्र होइन सवैतिर युवाहरुमा पोल्टी व्यवसायमा आर्कषण वढ्दै गएको छ । व्यवसाय वढेसंगै केरावारी विराटचोक खोर्साने लगायत उत्तरी मोरङका विभिन्न शहर बजारमा अण्डा तथा मासुमा आत्मनिर्भर बन्दै गएको छ । अन्य व्यवसाय भन्दा दोव्वर नाफा कमाउँन सकिने भएकाले पनि यसतर्फ व्यवासाय गर्नेहरुको आर्कषण वढेको मुगु पोल्टी फर्मका संचालक महाचन्द्र बताउँछन् ।
विहान उठेदेखि साँझ अवेरसम्म उनीहरु कुखुराको चल्लालाई दानपानी लगाउने देखि अण्डा टिप्नमै व्यस्त बन्ने गरेका छन् । तँ चिता म पुर्याउछु भने झै मानिसलाई गर्न चाँहे स्वदेशमै रोजगारीको धेरै सम्भावना रहेको उनीहरुको अनुभवले सिकाएको छ । दुइओटा व्लक निर्माण गरी करीव १ हजार लेयर्स कुखुराको चल्ला लगाएर व्यावसायिक पोल्टी फर्म सुरु गरेका उनीहरुले अहिले दुइओटा व्लक निर्माण गरी करीव २५ सय कुखुरा पाल्दै आएका छन् । एउटा सानो चल्लालाई कम्तिमा ६ महिना पालेपछि त्यसपछि दुइ वर्ष सम्म अण्डा कोरल्ने र त्यसपछि पनि मासुको रुपमा विक्री हुने भएकाले लेयर्स कुखुरा पालन तर्फ आर्कषण वढेको व्यवासायीहरु बताउछन् । मुगु पोल्टी फर्मवाट दैनिक सरदर ६ सय देखि ८सय सम्म अण्डा उत्पादन हुदै आएको छ । दैनिक २ हजार अण्डा उत्पादन भएमात्रै पनि दैनिक १८ हजारका दरले मासिक ५ लाख रुपैयाको अण्डा विक्री हुने र सम्पुर्ण खर्च कटाएर २ लाख वढी आम्दानी हुने उनीहरुको आकंलन छ ।
पोल्टी फर्ममा संचालन गर्न तिनै जनाले करीव ३० लाख रकम लगानी गरेका छन् । ८ महिना अघि व्यवसाय सूरु गरेका उनीहरुले अवको केही वर्षमा लगानी उठाउने र त्यपछि मात्रै नाफा हुने बताएका छन् । सुरुमा लगानी अनुपातमा आमदानी कम भएपनि दोश्रो लटवाट उत्पादन वढ्ने र व्यवासाय नाफामा जाने भएकाले पनि केरावारीको विभिन्न वडामा दर्जनौं पोल्टी फर्म संचालनमा युवाहरुको आर्कषण वढ्दै गएको छ ।
गर्न सक्दा घाटा त हुदैन तर बन्दका कारण भने कुखुराको दाना खरिदमा वढी खर्च हुने भएकाले केही नोक्सानी व्यहोर्नु परेको महाचन्द्र लिम्वु बताउछन् । यदपी पछिको आसले पनि हरेस भने नखाएको उनको भनाई छ । हामीले सामुहिक रुपमा व्यवसाय गर्न सिक्यौ भने रोजगारीको पनि अवसर हुने र लगानीको प्रतिफल तत्काल नपाएपनि दिर्घकालिन रुपमा राम्रो आम्दानी हुन सक्ने युवा व्यवसायी लिम्वुले वताए ।
त्यसैगरी केरावारी २ मा अत्याधुनिक रुपमा १५ हजार वढी क्षमता भएको केरावारी पोल्टी फर्म संचालन हुदै आएको छ । केरावारीको सवैभन्दा पुरानो सो फर्म स्थानीय युवाहरुको प्रयासमा संचालन हुदै आएको छ । जहाँ केहीले रोजगारी समेत पाएका छन् । दैनिक दश हजार वढी अण्डा उत्पादन हुदै आएको सो फर्मवाट उत्पादित अण्डा वाह्य जिल्लातिर खपत हुने गरेको छ ।
बजारमा धेरै पोल्टी फर्म संचालनमा रहेपनि माग अनुसार स्थानीय फर्मबाटै पूर्ति भइरहेको र केही अण्डा वाहिरी जिल्लामा खपत हुने गरेको छ । पैसा कमाउने रहरले विदेश हानियो तर विदेश जति नै वसेपनि अन्ततः स्वदेशमै केही गर्नुपर्ने वाध्यता वन्यो फर्म संचालक राईले आफनो अनुभव यसरी सुनाए । त्यसो त राई लिम्बू र निरौला मात्र होइन सामुहिक रुपमा स्थानीय समाजसेवी राजनीतिक कर्मी र युवाहरु मिलेर केरावारी ४ मा चिराइतो जडिवुटि सहकारी संस्था दर्ता गरी पोल्टी फर्म संचालन गर्दै आएका छन् । पछिलो समय ग्रामिण क्षेत्रमा मोटरबाटोको सुविधा वढेसंगै धुवानीमा समस्या नभएकाले व्यवसायमा सहजता वढेको छ ।यदपी साना चल्ला ढुवानी गर्दा धेरै मर्ने सम्भावना भएकाले जोखिम भने रहेको छ । यसका लागि पनि राज्यले उचित ध्यान पुर्याउन सके यस्ता व्यवसायमा युवाहरुको थप आर्कषण वढ्ने सम्भावना वढेर जाने थियो कि ?