दुवै देशको भ्रमण उपलव्धी मुलुक: मन्त्री खरेल

दुवै देशको भ्रमण उपलव्धी मुलुक: मन्त्री खरेल

प्रेम देवान
विराटनगर १५ चैत्र । कानुन मन्त्री अग्नी खरेलले प्रधानमन्त्री ओलीको भारत र चीन दुवै भ्रमण उपलव्धीमुलक भएको वताउनुभयो । विराटनगर विमानस्थलमा आज विहान पत्रकारसँगको कुराकानीमा मन्त्री खरेलले भर्खरै चीन भम्रण गरेर आएका प्रधानमन्त्री भ्रमण उपलब्धी मुलक रहेको वताउनुभयो ।
साथै मन्त्री खरेलले संविधान कार्यन्वयन लागि सवै राजनीतिक दल एक ठाउँमा उभिनुको विकल्प नभएको जिकीर गर्नुभएको छ । संविधान कार्यन्वयनका लागि सवै दलवीच सहमति आवस्यक रहेको उहाँको भनाई छ ।
निकै लामो समयदेखि सम्झौता हुन नसकेका विषयमा सहमति भएको उहाँले वताउनुभयो । विगत लामो समयदेखि हुन नसकेको पारवहान संन्धि, व्यापार सम्झौता, पर्यटन, भौतिक पूर्वाधारका विषयमा सम्झौता भएको उहाँले वताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्