रोडशेष चौकलाई कसले बनायो यति सुन्दर ?

रोडशेष चौकलाई कसले बनायो यति सुन्दर ?

तपाईको पसल वा कार्यालयको अगाडीको वातावरण प्रति तपाईको ध्यान कत्तिको गएको छ ? फोहोर छ भने सरसफाई गर्ने वा रुख बिरुवा छ भने त्यसमा पानी हाल्ने सोच कहिल्यै तपाईमा आएको छ ?

यस्तो सोच्ने निक्कै कम होलान् । सोचाई आए पनि कार्यमा उतार्ने अझ कम होलान्। तिनै थोरै मध्येका एक सन्तोष चौधरीको कारण अहिले विराटनगरको रोडशेष चौकको अनुहार फेरिएको छ । सोहि चौकको नजिकै रहेको आफ्नो कार्यालयबाट हरेक दिन देखिने उजाड रोडशेष चौकलाई सुन्दर बनाउनका लागि सन्तोष चौधरीले चासो दिनु भयो र यसमा साथ दियो रोडशेष व्यवस्थापन समितिले । फलत: अहिले रोडशेष चौकको मुहार फेरिएकोछ ।

रोडशेष चौकको विचमा भएको स्तम्भ र सानो फुलबारी सहितको क्षेत्र अहिले हेर्न लायकको भएको छ । रंगरोगन तथा मर्मत संभार सहित त्यहाँ सौर्य उर्जाबाट संचालित लाईटहरु प्रयोग गरि लाईन नभएको समयमा समेत झिलिमिलि हुने बनाईएको छ । फुलहरुमा सिचाईका लागि त्यहाँ भित्रै पानी तान्ने कलको व्यवस्था गरिएको छ । ५ लाख रुपैया खर्च गरि पार्क पुन: तयार पार्न जानकी पोलिटेक्निक ईन्डस्ट्रिजका निर्देशक सन्तोष चौधरी एक्लैले चासो राखी सबै खर्च दिनु भएको हो ।उहाँको सहयोगमा रोडशेष व्यवस्थापन समितिले मर्मत सम्भार तथा पुनर्निर्माण गर्यो । "निर्माण पछिको हेरचाह भने बजरंग दलले जिम्मा लिएको छ" पूर्वी पर्यटन फेसेरेसनका पुर्वाचंल संयोजक तथा रोडशेष व्यवस्थापन समितिका सदस्य भविस श्रेष्ठले बताउनु भयो । उहाँका अनुसार रोडशेष चौकलाई अझ सुधार गरि नियमित रुपमा स्ट्रिट फेस्टिबल, फुड फेस्टिबल जस्ता गतिविधि गरिरहने योजना समितिको छ ।

केहि अघिको समय स्मरण गर्ने हो भने त्यहाँको स्तम्भ भरि विभिन्न व्यवसायको कागजी पोस्टर टाँसिएर फोहोर बनाईएको थियो । समयसमयमा विभिन्न संघसंस्थाले सरसफाई गर्ने गर्दथे तर फेरी उस्तै भईहाल्थ्यो। त्यहाँ राजतन्त्रको समयमा बनाईएको श्रीपेच ऐतेहासिकताको ख्यालै नगरि जनआन्दोलनको बेला भत्काईयो र फेरी बनाईएन । यसरी आन्दोलनका बेला भत्काईएको विराटनगर र देशै भरिका प्राय स्तम्भ र धरोहरहरु वेवारिसे अवस्थामा रहेका छन् । ति सबैमा यसरीनै स्थानिय व्यक्ति र संस्थाहरुले ध्यान दिने हो भने निक्कै ठुलो कार्य हुनेछ ।
santosh chaudhary

विराटनगरबाट भारतिय बजार जोगबनी जोड्ने बलभद्र राजमार्गको मुटुमा रहेको रोडशेष चौकहुँदै दैनिक हजारौं व्यक्तिहरु आवतजावत गर्छन् । विराटनगर बाहिरबाट आउनेहरु बस्ने अधिकाँश ठुलासाना होटलहरु पनि यसै आसपास रहेका छन् । जसले गर्दा पनि यो चोकको महत्व छुट्टै बनाएको छ । यति महत्वपूर्ण चौकको स्वरुप आकर्षक बनाउनुले विराटनगरको पहिचानमा थप टिका लगाउने कार्य गरेको छ ।

roadshesh chowk height

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्