शुल्क निर्धारण गरे प्याबसनले आन्दोलन गर्ने

शुल्क निर्धारण गरे प्याबसनले आन्दोलन गर्ने

प्रेम देवान
विराटनगर १५ चैत्र । विद्यालयहरुले सस्थागत विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका २०७२ को विरोध गर्दै आन्दोलनमा जाने चेतावनी दिएका छन । सोमबार विराटनगरमा प्याब्सन पूर्वाञ्चलले पत्रकार सम्मेलन गर्दै निर्देशिका उलङघन गर्ने चेतावनी दिएका छन् । निर्देशिका हित विपरित भएकोले निर्देशिका आफुहरुले मान्ने हिसावले परिमार्जन गर्न आग्रह गर्ने नभए निर्देशिका नमान्ने भएकाछन् ।
निर्देशिका निजि विद्यालयको अहितमा आएको, एसएलसिमा एभरेज ग्रेडिङको सट्टा विषयगत ग्रेडिङ, सघसंगठन खोल्न पाउने ब्यवस्थाले विद्यालयमा राजनिति बढ्ने, विद्यालयको आफ्नै नाममा भौतिक सम्पति हुनुपर्ने, ३३ जना भन्दा कम प्रतिकक्षामा विद्यार्थी भए विद्यालय मर्ज गर्नुपर्ने, शिक्षक कर्मचारीलाई सरकारी स्तरको तलव सुविधा, विद्यार्थी शुल्क निर्धारण अभिभावकबाट गर्नुपर्ने लगायतका ब्यवस्थाले विद्यालय संचालन हुने नभई बन्द गर्नुपर्ने स्थितीको सिर्जना भएको भन्दै बाध्य भएर विरोधमा उत्रनुपरेको उनिहरुको भनाई छ ।
पत्रकार सम्मेलनमा प्याब्सन पूर्वाञ्चलका बरिष्ठ सल्लाहकार टिकाराम पुरीले राज्यले सरकारी विद्यालयमा यस्ता नियम नलगाई निजिलाई मात्र लागु गर्न खोजेको आरोप लगाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्