माग पुरा नभए सम्म संविधान लागु हुन दिदैनौं: महतो

<span class='c1'>माग पुरा नभए सम्म संविधान</span> <span class='c2'>लागु हुन दिदैनौं: महतो</span>

बिनु तिम्सिना
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संसोधन गरेर मधेशका मुद्धा समावेश नगरेसम्म संविधान लागु हुन नदिने बताउनुभएको छ ।
आजदेखि विराटनगरमा शुरु भएको दुई दिने विस्तारीत बैठकको उद्घाटन गर्दै अध्यक्ष महतोले यस्तो बताउनुभएको हो । उहाले मधेशका मुद्धा पाखा लगाएर संविधान कार्यन्वयन हुन नसक्ने बताउनुभयो । मधेशका मुद्धा समावेश गर्नका लागि आन्दोलन स्थगित गरेर चत सम्मको समय दिएको बताउँदै उहाले बैशाखबाट नयाँ कार्ययोजना सहित पुनः आन्दोलन गर्ने बताउनुभयो ।

चैत १८ गतेदेखि बस्ने संयुत्त मधेशी मोर्चाको बैठकले आन्दोलनको स्वरुप कस्तो हुने भन्ने निर्धारण गर्ने महतोले जानकारी दिनुभयो । मधेश आन्दोलनकै कारण अन्तराष्ट्रिय जगतले मधेशको मुद्धा थाहा पाएका कारण अहिलेसम्मको आन्दोलन उपलब्धीमुलक भएको महतोको भनाई छ । विस्तारीत बैठकमा समासामयिक राजनितिक परिस्थीती, आसन्न आन्दोलन तथा पार्टीको भावी कार्य योजना, संगठन समिक्षा तथा विस्तार, पार्टी राष्ट्रिय महाधिबेशन, राष्ट्रिय कार्य समिति पुर्नगठन , जनजागरण पदयात्रा लगायतका एजेण्डामा छलफल हुने जानकारी दिइएको छ । विस्तारीत बैठक आज र भोली संचालन हुने छ भने १७ गते बर्गियमञ्चको अधिबेशनको विषयमा छलफल हुने महासचिब मनिष सुमनले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्