श्रीमानले आफ्नै पत्नीको जिउमा अागो लगाए

श्रीमानले आफ्नै पत्नीको जिउमा अागो लगाए

धनगढी चैत १६

कन्चनपुरकी एक महिलालाई पतिले जिउँदै आगो लगाइदिएका छन्। बाइसे बिचुवा–७ भीमबस्ती निवासी जानकी जोशीलाई बुधबार राति आगो जलाइए पनि उनलाई दुई दिनपछि मात्र उपचारका लागि अस्पताल ल्याइएको छ ।

मदिरा सेवन गरेको निहुँमा झगडा परेपछि श्रीमान नारदले शरीरमा आगो लगाइदिएको र उपचार गर्न अस्पताल ल्याउन पनि नदिएको पीडित जोशीले बताइन् । प्रहरीले पनि घटना ढिलो जानकारीमा आएको बताएको छ । आइतबार मात्र पीडित महिलाका भाइ पुष्पराज जोशीबाट शरीरमा आगो लगाएर हत्या गर्न खोजेको भन्ने उजुरी आएको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्