प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारे

प्रधानमन्त्री ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारे

बिराटनगर चैत्र १६

प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिन नसकेको स्वीकारेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आज काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले १ , २ महिनामा गर्नुपर्ने काम एक वर्षमा पनि नसकिएको बताए । यही गतिमा काम भएमा एक दशकसम्म पनि पुनर्निर्माणको काम नहुने प्रधानमन्त्री ओलीको भनाई छ । प्राधिकरणले गरेका कामलाई दैनिक रुपमा सार्वजनिक गर्नसमेत प्रधानमन्त्रीले निर्देशन दिए । प्रधानमन्त्री ओलीले संकटका बेलामा ऐन हेरेर काम गर्नुभन्दा पनि व्यवहारिक रुपमा काम गर्नुपर्ने र त्यही अनुसारको ऐन बनाउनुपर्ने बताए । उनले २ र ४ हजार तलमाथी हुन्छ की भनेर काम गर्न नडराउन भन्दै यो बेलामा पनि लापरबाही गर्ने जो कोहीलाई माफी नदिने चेतावनी दिए । कार्यक्रममा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्प प्रभावित क्षेत्रको सर्भे गर्ने ८० प्रतिशत काम सकिएको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्