नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

नेपाल पत्रकार महासंघ स्थापनाको ६१ औं वर्षमा प्रवेश

बिराटनगर चैत्र १६

नेपाली पत्रकारहरूको छाता संगठन नेपाल पत्रकार महासंघ आजदेखि आफ्नो स्थापनाको ६१औं वर्षमा प्रवेश गरेकोे छ । स्थापना दिवसको अवसरमा जिल्ला शाखाहरुले पनि विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउँदैछन् । दिवसका अवसरमा विज्ञप्तिमार्फत शुभकामना दिनुहुँदै महासंघका अध्यक्ष डा महेन्द्र विष्टले सबै पत्रकारलाई आफ्नो कर्तव्यपथमा निष्ठापूर्वक लाग्न सुझाव दिनुभएको छ । उहाँले श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन नहुँदा पत्रकारहरूको पेशागत सुरक्षाको अवस्था नाजुक रहेको भन्दै सबै निजी तथा सरकारी सञ्चारमाध्यमका व्यवस्थापन पक्ष र सरकारसँग श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा गम्भीर हुन सचेत पनि गराउनु भएको छ ।
स्थापना दिवसकै अवसर पारेर महासंघकै आयोजना भोलि दशरथ रंगशालामा पत्रकार र राजनीतिकर्मीबीच मैत्रीपूर्ण फूटबल प्रतियोगिता हुने महासंघले बताएको छ । यसैवीच स्थापना दिवसका अवसरमा आज विहान विराटनगरमा प्रभात फेरि निकालिएको छ । मोरङ शाखाको आयोजनामा भएको प्रभातफेरि महासंघवाट शुरु भएको थियो । प्रभातफेरि ट्राफिक चौक, महेन्द्र चोक, शनिमन्दिर, जलजल मोड हुँदै पुन ः महासंघमै पुगेर कोणसभामा परिणत भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्