बिराटनगर चैत १७ , बिराटनगरमा मंगलबारदेखि कृषकलाई तीन दिने तालिम सुरु भएको छ । भमरी मल तथा कृषि प्रविधि बारे मोरङका २५ जना कृषक तालिममा सहभागी छन । तालिमको सहजीकरण क्षेत्रीय माटो प्रयोगशाला झुम्काका प्रमुख डाक्टर जनार्दन खड्का , कृषि कार्यालय मोरङका प्राविधिक ईश्वर भरशिला , काशीकुमार चौधरी र सागर भट्टराईले गरेका छन ।