बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै तत्काल सुधार गर्न माग

बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै तत्काल सुधार गर्न माग

प्रेम देवान
विराटनगर १७ चैत्र । सुनसरी–मोरङ सिंचाई परियोजनाले बिना सूचना नहरमा पानी बन्द गरेको भन्दै उपभोक्ताहरु त्यसलाई तत्काल सुधार गर्न माग गरेको छन् ।
जल उपभोक्ता समितिलका पदाधीकारीहरुले विराटनगरमा आज पत्रकार सम्मेलन गरि समितिका प्रमुखहरुले तत्काल नहरमा पानी नछोडे आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।
किसानलाई नहरको पानी बन्द हुने सूचना जारी नगरी नहर मर्मत गर्ने भन्दै पानी बन्द गरेपछि उपभोक्ताहरु आक्रोशित भएका हुन् । नरहमा पानी बन्द गर्ने जानकारी नदिएको भन्दै १९ वटा जल उपभोक्ता समितिका प्रमुखहरुले विरोध जनाएका छन् । जल उपभोक्ता केन्द्रीय समन्वय समितिका अध्यक्ष राम मेहताले सिचाईं परियोजनाले किसानलाई थाहै नदिई पानी बन्द गरका कारण लगाएको बाली नै नष्ट हुने अवस्था आएको बताउनुभयो ।
नहरमा पानी नआएपछि हिउँदे मकै, सूर्यमुखीको खेती, तरकारी खेती र चैते धान बालिको सिचाईंमा समस्या भएको कृषकहरुको भनाइ छ । नहरले सुनसरीको ४० हजार र मोरङको २८ हजार हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्