मोरङका सहकारीमा एक लाख ५५ हजार महिला

मोरङका सहकारीमा एक लाख ५५ हजार महिला

पथरी (मोरङ), चैत १७ गते । मोरङका सहकारी सञ्चालनमा पुरुषभन्दा महिला बढी भएको पाइएको छ । डिभिजन सहकारी कार्यालय मोरङका प्रमुख दिलशेर राईका अनुसार एक लाख ५५ हजार ६०० महिला र एक लाख २१ हजार ८१९ पुरुष छन् । ४१ भन्दा बढी सहकारी महिलाको व्यवस्थापनमा सञ्चालित छ ।
महिलाको व्यवस्थापनमा सञ्चालित बहुसङ्ख्यक सहकारी सफलतापूर्वक सञ्चालनमा रहेका डिभिजन सहकारी कार्यलयका प्रमुख राईको भनाइ छ । महिलाले सञ्चालन गरेको बहुसङ्ख्यक सहकारी ग्रामीण भेगमा छन् । तर सहकारी सञ्चालकमा पाँच हजार २०० पुरुष र तिनहजार दुईसय महिला छन ।
चालु आर्थिक वर्षसम्ममा मोरङमा एक हजार ७० सहकारी संस्था सञ्चालित छन् । त्यसैगरी चालु आर्थिक वर्षमा मोरङका सहकारीले २१ अर्ब ४१ करोड ५४ लाख ७४ हजार २४० रुपैयाँको कारोबार गरेको डिभिजन कार्यालयका प्रमुख दिलशेर राईले जानकारी दिनुभएको छ । मोरङका सहकारीमा एक अर्ब ९७ करोड ३३ लाख १३ हजार ४६५ रुपैयाँ सेयर पूँजि रहेको छ ।
त्यसैगरी, सहकारीमा रु ६ अर्ब ३७ करोड ५० लाख ८० हजार बचत छ । त्यस्तै, आठ अर्ब २३ करोड एक लाख चार हजार रुपैयाँ मोरङका सहकारीले ऋण लगानी गरेको कार्यालयका प्रमुख राईको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्