चैते धान खेती गर्दा अनुदान पाउने भएपछि कृषक आकर्षित

चैते धान खेती गर्दा अनुदान पाउने भएपछि कृषक आकर्षित

बिनु तम्सिना
चैते धान खेती गर्दा अनुदान पाउने भएपछि पूर्वी मोरङका कृषकहरु यसतर्फ आकर्षित भएका छन् । उन्नत जातको बिउ र नयाँ प्रविधिबाट चैते धान खेति गर्दा सरकारले नगद अनुदान दिने भएपछि कृषकहरु आकर्षित भएका हुन् । एक रिपोर्ट....
चैतेधान लगाउँदा प्रति हेक्टर ५ हजार नगद र बीउमा ५० प्रतिशत अनुदान पाउने भएपछि जिल्लाका कृषकहरु यसतर्फ आकर्शित भएका छन् । एसआरआइ प्रविधिबाट चैतेधान खेति गर्दा उत्पादन पनि बढि हुने र अनुदान पनि पाउने भएपछि कृषकहरु उत्साहित भएका छन् । पहिले–पहिले परम्परगत तरिकाले चैतेधानको खेति गर्दै आएका कृषकहरु अनुदान पाउने भएपछि एसआरआइ प्रविधिबाट चैतेधानको खेति गर्न थालेका छन् ।
परम्परागत तरीकाबाट चैतेधान खेति गर्दै आएका जिल्लाका कृषकहरु उत्पादन बढि हुने, नगद र मेसिन समेत अनुदान पइने भएपछि अहिले भने एसआरआइ प्रविधिबाट चैते धान खेति गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यालय मोरङले बृहत्तर धान उत्पादन कार्यक्रम अन्तरगत जिल्लाभरी ११ सय हेक्टर क्षेत्रफलमा चैतेधान लगाउने उद्देश्य राखेको छ । जसअन्तर जिल्लाका धान उत्पादन हुने पकेट क्षेत्रलाइ छनौट गरेर कार्यक्रम लागु गरिएको जिल्ला कृषि प्रसार अधिकृत सत्यदेव मण्डलले बताउनुभयो ।
कार्यालयले एसआरआइ प्रविधिबाट चैते धान लगाउने किसानलाई ५ हजार नगद र बीउमा ५० प्रतिशत अनुदानका साथै प्रतिहेक्टर ५ टन धान फलाउनेलाई थप ५ हजार नगद दिने कार्यक्रम छ । मोरङ जिल्लामा यसअघि प्रतिहेक्टर ४ मेट्रिकटन चैतेधान उत्पादन हुनेमा यो कार्यक्रम लागु भएपछि प्रतिहेन्टर ५ मेट्रक्टन धान उत्पादन गर्ने लक्ष्य लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्