कोशी प्रोजेक्टमा २४ कुण्डीय गायत्री महायज्ञ हुने

<span class='c1'>कोशी प्रोजेक्टमा २४ कुण्डीय</span> <span class='c2'>गायत्री महायज्ञ हुने</span>

प्रेम देवान

विराटनगर १८ चैत्र । अखिल विश्व गायत्री परिवार विराटेश्वर महिला मण्डल विराटनगरको आयोजनामा आगामी चैत्र २० गते देखी २४ कुण्डीय गायत्री महायज्ञ ध्यान योग ज्ञान योग्ग हुने भएको छ ।
अखिल विश्व गायत्री परिवारले आज विराटनगरमा पत्रकार सम्मेलन गरी विराटनगर १७ स्थित जनक शिक्षा सामाग्री कोशी प्रोजेक्टमा हुने जानकारी दिएको हो ।
युगतीर्थ शान्तिकुञ्ज हरिद्धारको तत्वावधानमा सद्बुद्धिकी देवी वेदमाता गायत्री उपासना हुने गरि निशुल्क विविध संस्कारहरुको धार्मिक कार्य हुने साधक रमेश चन्द्र पौडेलले जानकारी दिनुभयो ।
आगामी चैत्र २० गते कलश यात्राबाट सुरु गरिने धार्मिक कार्यक्रममा प्रसाद ग्रहण, युग संगीत प्रवचन ज्ञान यज्ञ, देव पुजन एवंम हवन यज्ञ, महिला सम्मेलन गर्दै चैत्र २२ गते समापन एवम शान्ति कुञ्ज टोली विदाई गरिने गायत्री परिवारका अध्यक्ष आशा झाले जानकारी दिनुभयो ।
उत्त धार्मिक कार्यक्रममा विराटनगर लगायत छिमेकी मुलुक भारतको जोगवनी, अररिया,फारवेसगंज र पुर्णिया देखी दैनिकी करिब दुई हजार भत्तजनहरुको उपस्थित हुने आयोजक समितीका सचिव आमोद झाले बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्