एसएलसी दिन नपाउँदा अछामकी एक युवतीले गरिन आत्महत्या

<span class='c1'>एसएलसी दिन नपाउँदा अछामकी</span> <span class='c2'>एक युवतीले गरिन आत्महत्या</span>

बिराटनगर चैत्र १९

प्रवेशिका परीक्षा (एसएलसी) दिन नपाउँदा अछामकी एक युवतीले आत्महत्या गरेकी छन्।

मङ्गलसेन नगरपालिका–११ जुपु खिमाडाकी २२ वर्षीया विन्द्रा रावलले बुधवार राति झुन्डिएर आत्महत्या गरेकी हुन्। परीक्षामा सहभागी हुन प्रवेशपत्र लिन गएकी विन्द्राले प्रवेशपत्र नपाएपछि आत्महत्या गरेकी हुन्। आफ्नो भर्ना भएको विद्यालय कालिका माध्यमिक विद्यालय, जुपुमा ७५ प्रतिशत हाजिरी नभएकाले प्रवेशपत्र पाउन नसकेकी रावलले झुन्डिएर आत्महत्या गरेको उनका छिमेकी चन्द्र भण्डारीले बताए।

केही समयअगाडि सामान्य स्वास्थ्य उपचारमा भारत गएकी रावल एसएलसी परीक्षामा सहभागी हुनकै लागि घर फर्किएको उनको पारिवारिक स्रोतले बताएको छ। अछाम प्रहरीले भने उक्त घटनाको कारण खुल्न नसकेको बताउदै घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बद्रीप्रसाद ढकालले बताए। मृतकको शवपरीक्षण जिल्ला अस्पताल अछाममा गरिएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्