आवर विराटनगरले जित्यो ISNS अवार्ड, अवार्ड थाप्न टोली स्विडेन जाने

आवर विराटनगरले जित्यो ISNS अवार्ड, अवार्ड थाप्न टोली स्विडेन जाने

आवर विराटनगर डटनेटलाई आगामी अगस्टमा स्विडेनमा आयोजना हुने अन्तराष्ट्रिय सोसियल नेटवर्क सम्मिट (International Social Network Summit 2016) मा सोसियल रेस्पोन्सिबिलिटि बिधा अन्तर्गत एशिया भरिको उत्कृष्ठ वेबसाईटका रुपमा सम्मान गरिने भएको छ ।

विराटनगरमा सन् २०११ देखि सुरु भएको आवर विराटनगरले यस क्षेत्रमा भईरहेका विकास निर्माण र जनताको सुरक्षाका विषयमा अनलाईनको प्रयोग गरि सचेतना गराएको र त्यसले सकारात्मक नतिजा निकालेको भन्दै सम्मान गर्न लागिएको ISNS का रिजिनल कोअर्डिनेटर रिचार्ड जोनसनले आफ्नो ट्विटमा जनाएका छन् । 'हामी निक्कै उत्साहित छौं । अझ धेरै गर्ने प्रोत्साहन मिलेको छ' आवर विराटनगरका निर्देशक विवेक दाहालले बताए । उनले बताए अनुसार चाँडै भिसा अप्लाई गर्ने र पाए अवार्ड थाप्नका लागि उनी सहित सम्पादक सरोज कार्की र प्रयास दाहाल जुलाई महिनाको अन्तिम साता स्विडेन उड्ने छन् । 'यो देशकै सम्मान हो । युवाहरु पनि सक्षम छन् भन्ने प्रमाणित भएको छ । ' सम्पादक कार्कीले बताए । उनले भारतको केरला, बैंङलोर, कट्टक, दिल्ली सहित अमेरिकाका विभीन्न क्षेत्रमा आयोजित कार्यक्रमहरुमा यस अघी देशलाई प्रतिनिधीत्व गरिसकेका छन् । कम्प्युटर एशोसिएशन मोरङका अध्यक्ष निर्मल तामाङले यस समाचारले आफुलाई निक्कै खुसी बनाएको बताउदै, आवर विराटनगरको टोलीले यो अवार्ड जित्नु विराटनगरसँगै नेपालकै गर्वको विषय भएको सुनाए ।

४ महिना अघि खुलेको आवेदनमा विश्व भरिबाट सयौं अनलाईनहरुले सहभागिता जनाएका थिए । ति सबैलाई पछि पार्दै आवर विराटनगर एशियाबाट प्रथम भएको ISNS ले आफ्नो वेबसाईटमा जनाएको छ । हेर्नुहोस् ISNS को आधिकारिक वेबसाईटमा उसले गरेको घोषणा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्