एनएमसिएलको फाईनलमा महालक्ष्मी ११ र भैरहवा भिड्ने

एनएमसिएलको फाईनलमा महालक्ष्मी ११ र भैरहवा भिड्ने

सुमन तिमल्सिना
विराटनगर, चैत २०
नेपाल माडवारी क्रिकेट लिगको दोश्रो चरणको खेलमा बिराटनगरको महालक्ष्मी ११ र बालग्मती सेलो भैरहवा बिचको फाईनल खेल हुने भएको छ ।

जनकपुरलाई हराएर फाईनमा पुगेको बाग्मती सेलो भैरहवा र बिराटनगर च्यालेन्सरलाई हराएर फाईनलको यात्रा तय गरेको महालक्ष्मी ११ बिचको फाईन खेल हुन लागेको हो ।

आज भएको सेमी फाईनल खेलमा मारुती च्यानेन्जर्स ९० रनमा १५ दशमलव ५ ओभरमा अल आउट भएको थियो । टस जितेर ब्याटिङ गरेको महालक्ष्मी ११ ले १ सय ५८ रनमा ४ विकेट गुमाएर २० ओभर खेलेको थियो । महालक्ष्मी ११ को तर्फबाट अनिल दुगडकले ४५ रन रोहित जाजोदिआले १६ र पवन पारखले समान १६ रन बनाउन सफल भए । महालक्ष्मी ११का अरुण बिहानी, गौरव सेठियाले ४÷४ विकेट लिएका थिए ।

मारुती च्यालेन्जर्सको तर्फबाट नितेश सारडाले २ वीकेट लिएका थिए भने विकास शर्माले २९ रन बनाउन सफल भएका थिए । निक्कै रोमान्चक खेलमा रमाएका दर्शकहरु यो खेल पनि निकै हौसिएका छन् । आजको खेलको म्यन अफदी म्याच गौरव सेठिया भएका छन् ।

फाईनल यात्रा तय गरेको महालक्ष्मी ११ र बाग्मती सेलो भैरहवा बिचको फाईलन खेल बिराटनगरमा सोमबार बिहान ११ बजे हुनेछ । सोमबार हुने फाईनल खेल निक्कै रोमाञ्चक हुने आयोजक समितिका संयोजक सन्दीप लालवानीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्