तिम्सिना समाजको जिल्ला भेला बिराटनगरमा सम्पन्न

तिम्सिना समाजको जिल्ला भेला बिराटनगरमा सम्पन्न

बिनु तिम्सिना
विराटनगर, चैत २०
नयाँ कार्य समितिको चयन गर्दै तिम्स्निा समाज विराटनगरको नगर सम्मेलन शनिबार सम्पन्न भएको छ । शनिबार विराटनगरमा सम्पन्न जिल्ला भेला तथा नगर अधिवेशनले मनिष तिम्स्निाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा बिमला तिम्सिना, सचिवमा दिव्यराज तिम्सिना, सह–सचिवमा भूमिराज तिम्सिना र कोषाध्यक्षमा जमुना तिम्सिना चयन हुनुभएको छ । यस्तै सदस्यहरुमा शोभा तिम्सिना, यमुना तिम्सिना, भोलानाथ तिम्सिना, सावित्रीप्रसाद तिम्सिना, ऋषिराम तिम्सिना, हरिप्रसाद तिम्सिना रहनु भएको छ । तिम्सिना समाजको नयाँकार्य समितिले विराटनगर नगरभित्रका तिम्सिनाहरुको नामावली संकलन गरी वंशावली प्रकाशन गर्ने जनाएको छ । यस्तै तिम्सिनाहरुको हकहित र उत्थानमा सहयोग गर्ने कार्यसमितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्